काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा स्थापना गरेको सम्सी शाखा जेष्ठ ३० गते एक समारोहकाबीच समुद्घाटन भयो ।
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकले सम्सी शाखाको उद्घाटन गरेका हुन् ।
हाल बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग रहेका छन् ।
बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago