काठमाण्डौ । सेवा बिस्तार र प्रडक्ट लञ्च तथा बचत र ऋणका अफरहरुमा अन्य बैंकभन्दा अगाडि देखिँदै आएको एनआइसी एशिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखी बैंकिंग सेवाको समयावधि बढाउने निर्णय गरेको छ ।
बैंकले आफूहरुको सेवालाई ग्राहकमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले असार १९ गतेदेखि देशका प्रमुख शहरहरुमा अवस्थित २० शाखाहरुबाट दिइने बैंकिंग सेवाको अवधि बढाउने निर्णय गरेको हो ।
जसअनुसार अब बैंकका यी शाखाहरुले आईतवारदेखि बिहीबारसम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
बैंकले मुलुकभर २२४ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि हो ।
बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा स्थापित भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
बैंकिङ्ग कारोबारको बिस्तार गरिएका शाखाहरुको सूचि यस्तो छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19