काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले साउन १ गते(आज)देखि मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकका अनुसार यो सेवाको सुरुवात सँगै अब बैंकका ग्राहकले निम्न सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नेछन्:
१. ब्यालेन्स जानकारी: मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने ।
२. मिनी स्टेटमेन्ट जानकारी: मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३.कलब्याक सेवाः मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
यो बैंकको देशभर २३१ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले फड्को मारेको छ । बैंकको ग्राहक संख्यामा मात्र १२ लाख नजिक रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19