NIC Asia Bank Limited
काठमाण्डौ । निजी क्षेत्रको देशकै ठूलो र विशाल सञ्जाल भएको बैंक, एनआइसी एशियाले पुनः ऋणपत्र जारी गर्ने भएको छ ।
यो बैंकले निकट भविष्यमै ११ प्रतिशत एनआइसी एशिया ऋणपत्र २०८५/८६ निश्कासन गर्ने भएको हो ।
बैंकले रु.१,००० अंकित दरका ४० लाख कित्ताले हुनआउने रु.४ अर्ब बराबरको “११५ एनआइसी एशिया ऋणपत्र २०८५/८६” निश्कासन गर्न लागेको हो । यही प्रयोजनका लागि बैंकले मंगलबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निश्कासन तथा बिक्रीप्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।
यसअघि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाँको “११% एनआइसी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्र्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
ऋणपत्र निश्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसीएशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक छविराज पन्तद्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रु.४अर्ब बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत(रु ३अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ ।
प्रस्तावित ऋणपत्र ११ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याजभुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि निष्काशन गर्न लागिएकोे हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago