NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंकले दिपावलीको अवसरमा नेपाली नारीहरुका लागि सुन तथा चाँदीको उपहारहरुसहित चमात्कारिक विशेषता भएको चमात्कारिक बचत खाताको योजना संचालनमा ल्याएको छ ।
यसअघि यो बैंकले ल्याएको चमात्कारिक गाडी तथा जग्गा कर्जा सफल भएपछि त्यसबाट उत्साहित भई बैंकले ग्राहकको माग अनुसार चमात्कारिक बचत खाता नयाँ योजना सार्वजनिक गरेको बताएको हो ।
चमात्कारिक बचत खाताका विशेषता यस्ता छन्:
१. ७ प्रतिशत वार्षिक ब्याजदर
२. न्यूनतम मौज्दात रु. १०००
३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भुक्तानी
४. अनलाइनबाट शून्य मौज्दातमा खाता खोल्न सकिने
५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदीका उपहार
उपहारहरु:
१. १० ग्राम चाँदीको सिक्का
यस बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात १ लाख भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार पाइने ।
२. २५ ग्राम चाँदीको सिक्का
यस बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात २ लाख भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार पाइने ।
३. २.५ ग्राम सुनको सिक्का
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात १५ लाख भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार पाइने।
४. ५ ग्राम सुनको सिक्का
यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात ३० लाख भएमा ५ ग्राम सुनको सिक्का पाउने ।
हाल यो बैंकको देशभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढी पुगिसकेको छ भने निक्षेप करिब १६७ अर्ब तथा कर्जा रु. १४२ अर्ब पुगिसकेको छ । बैंकमा १३ लाख ५० हजार ग्राहक रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago