काठमाण्डौ । एनआइसी एशिया बैंकले मंसिर १९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । 

बैंकले आगामी पुस ४ गते हुने वार्षिक साधारणसभाका लागि बुक क्लोजको मिति तोकेको हो । 

बैंकले पुस ४ गते सानेपास्थित हेरिटेज गार्डेन परिसरमा आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । 

यसको अर्थ साधारणसभामा सहभागी हुन, बोनस सेयर र नगद लाभांश पाउन लगानीकर्ताले मंसिर १८ गतेसम्म यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।

नेपाल राष्ट्रबैंकले यो बैंकलाई यसअघि नै १०.५२६ प्रतिशत लाभांश वितरणको स्वीकृति दिएको थियो ।