काठमाण्डौ । एनआइसी एशिया बैंकको सामाजिक सञ्जाल फेसबुक अन्तर्गत “साथी” नामक बैंकको आफ्नो च्याटबट“Chatbot” सञ्चालनमा ल्याएको छ ।
“साथी”नामक उक्त “Chatbot” पुस १० गतेदेखि संचालनमा आएको बैंकले जनाएको छ ।
यस “साथी Chatbot मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्नसक्ने बताइएको छ ।
यो कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास विज्ञप्तिमा गरिएको छ ।
हाल यो बैंकको मुलुकभर २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago