काठमाण्डौ । सर्वसाधारणको विश्वास जितेर छोटो समयमै देशकै ठूलो बैंक बन्न सफल एनआइसी एशिया बैंक लिमीटेडले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको छ ।  

बैंकले यो प्रमाणपत्रलाई ‘गरिमामय’ भनेको छ ।

यस्तो अवार्ड United Registrar of System-URS/UKAS-UK  ले प्रदान गर्ने गर्दछ ।

पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल तथा चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले यो अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको हो  ।

यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् ।

बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्बको उचाईमा पुगेको छ। 

बैंकमा करिब १४ लाख ग्राहक रहेका छन् ।