काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित भाग्योदय माविलाई केही थान थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

शशी श्रेष्ठ, शिवराज श्रेष्ठ र बैंकका प्रमुख जनसम्पर्क अधिकृत अर्जुनराज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक रुसण बसीलाई संयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरे ।

विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पुर्याउने हुनाले उक्त कार्यको शशी श्रेष्ठले प्रशंसा गरिन् । 

सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदाहरणीय बैंकिङ्ग गरिरहेको एनआइसी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गरे ।