काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुलाई उच्चतम सेवा दिने अभिप्रायले एनआइसी एशिया रेमिटमार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सार्वजनिक गरेको छ ।
बैंकले यो योजना २०७५ फागुन र चैत्र दुई महिनाका लागि ल्याएको छ। यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआइसी एशिया रेमिटमार्फत नेपालभर कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझ बढी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
एनआइसी एशिया रेमिटमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखारहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19