NIC Asia Bank Limited
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआइसी एशिया बैंकले २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलावा २२ वटा चमत्कारिक विशेषताहरु रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
सबै तह र तप्काका ग्राहकहरुलाई “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरी ल्याइएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्धि गर्ने विश्वास बैँकले लिएको छ ।
उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले रु १५ लाखसम्मको दुर्घटना बिमा र रु १५ लाखसम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजारसम्मको औषधिउपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ ।
साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरुसहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदापुग्ने बिश्वास बैंकले लिएको छ ।
यो चमत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभर रहेको आफ्ना २८१ वटै शाखा कार्यालयहरु, अनलाइनबाट ग्राहकले सहज रुपमा बिना झञ्झट खोल्न सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरीक्त नेपालमै पहिलो पटकSweep In –Sweep Out को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने बताएको छ ।
देशैभर रहेका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदालगायत चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारिक बचत खाताहरुको योजना ल्याइएको बैंकको भनाई छ ।
चमत्कारिक बचत योजनाअन्र्तगत रहेको चमत्कारिक विशेषताहरुका अतिरीक्त थप फाइदाहरुसहित सबै तह र तप्काका ग्राहकलाई अतिरीक्त फाइदाहरु प्रदान गर्ने उद्देश्यले बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनाहरु समेत सार्वजनिक गरेको छ । जसअन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी बचतयोजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्रसहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाकासाथ चमत्कारिक बाबुनानी बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना पनि बैंकले सार्वजनिक गरेको छ ।
मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैैंकमा करिब १५ लाख ग्राहक छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago