काठमाण्डौ । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रममा एनआइसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र  बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माबाट, नागाजर््ाुन नगरपालिका वडा नं.४ सितापाईला स्थित सितापाईला शाखा कार्यालयको नागाजर््ाुन नगरपालिकाका मेयर मोहन बस्नेतबाट, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुलस्थित शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारीबाट,ललितपुर उपमहानगरपालिका वडा नं १८ भैसेपाटीस्थित भैसेपाटी शाखाको सोही वडाका वडाध्यक्ष पुरुषोत्तम खड्काबाट, बिदुर नगरपालिका वडा नं १, त्रिशुली बजार, नुवाकोट स्थित त्रिशुली बजार शाखाको मेयर सञ्जु पण्डितबाट, बिदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार, नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोही वडाका वडाध्यक्ष गणेशकुमार नेपालबाट, धुलिखेल नगरपालिका वडा नं. ४, काभ्रे स्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुबाट तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५ पर्सा  स्थित भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारबाट बैशाख १३ गते भव्य समारोहका बीच उद्घाटन भएको बैंकले जनाएको छ ।

हाल यो बैंकको देशभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १६ लाख ग्राहक छन् ।