काठमाण्डौ । एनआइसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४, रौतहट जिल्लामा १ गरी ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आइतबार औपचारिक उद्घाटन गरेको छ ।
काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सांसद नारायण सिलवालबाट, नार्गजुननगरपालिका वडा नं.३ ठूलो भर्याङ्ग स्थित ठूलो भर्याङ्ग शाखा कार्यालयको बैंकका प्रादेशिक कार्यालयप्रमुख राजेश रावलबाट, नागार्जुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय प्रदेश नं ३ प्रमुख सुबास जोशीबाट, काठमाडौं महानगरपालिका वडा नं ७, चाबहिलस्थित चाबहिल शाखाको सोही वडाका वडाअध्यक्ष शुद्धकुमार डंगोलबाट, रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९ स्थित सिम्रा भवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनबाट तथा रुपन्देही जिल्लाको कञ्चनगाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा समेत बैशाख १५ गते एकैदिन उद्घाटन गरिएको बैंकले जनाएको छ ।
बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरेका थिए । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा लालबहादुर थापा नियुक्त भएका छन् ।
हाल यो बैंकको देशभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । यो देशकै सबैभन्दा बृहत शाखा सञ्जाल भएको बैंक हो, जसका करिब १६ लाख ग्राहक छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19