काठमाण्डौ । एनआइसी एशिया बैंक र त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटल बीच हस्पिटलको सेवामा छुट दिने विषयमा सम्झौता भएकोछ।
बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुखबजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रा.लि.का बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
हाल एनआइसी एशिया बैंकको देशभर २८२ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ। देशको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको बैंकमा करिब १६ लाख ग्राहक आबद्ध छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19