काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र भेनस हस्पिटल काठमाण्डौबीच उपचार सेवामा छुट पाउने विषयमा सम्झौता भएको छ ।
बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ सम्मको छुट पाउने विषयमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरे ।
हाल यो बैंकको देशभर २८४ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने १६ लाखको हाराहारीमा ग्राहक रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19