काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी र ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ।
बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
हाल यो बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने करिब १६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19