काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधैं जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ।
हाल यो बैंकका ग्राहकहरुले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्थे भने अब इसेवा काउण्टर डिपोजिटको सेवाबाट पनि इसेवाको एजेण्ट तथा ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखामागई काउण्टरबाट नै इसेवामा रकम जम्मा गर्न सकिने बताइएको छ।
हाल यो बैंकको देशभर २८४ शाखा कार्यालय, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने यो बैंकका करिब १६ लाख ग्राहक छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19