काठमाण्डौ । एनआईसी एसियाद्वारा इन्टरनेट बैंकिङ्गमार्फत नेपाल क्लियरिङ्ग हाउस इन्टर बैंक पेमेन्ट सिस्टम (NCHL – IPS) फण्ड ट्रान्सफर सुविधा संचालनमा ल्याएको छ । 

एनआईसी एसियाद्वारा नेपाल क्लियरिङ्ग हाउस लिमीटेडसँगको सहकार्यमा इन्टरनेट बैंकिङ्ग सेवामार्फत अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने सुविधा मंसिर २० गतेदेखि संचालनमा आएको हो ।

यो सेवाको संचालनले यस बैंकका ग्राहकहरुले बैंकको इन्टरनेट बैंकिङ्ग सुविधामार्फत सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तिय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् । 

एनआईसी एसिया यसरी इन्टरनेटमार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने पहिलो बैंक भएको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम सेवा एवं सुविधा उपलब्ध गराउने बैंकको उद्देश्यकोे निरन्तरताको रुपमा यो सेवा ल्याइएको हो । 

बैंकको “बैंक पनि, साथी पनि ’’ भन्ने मूूल मन्त्रलाई आत्मसात गर्दै ल्याइएको यस नविनतम एवं सहज सेवाबाट यस बैंकका ग्राहकहरुले आफ्नो घरदैलोबाट नै सहज बैंकि¨ सेवा सुविधा पाउने छन् ।

एनआईसी एसिया पूँजी, ग्राहक संख्या, वासलात र शाखा एवं एटिएम् सञ्जालको हिसावले नेपालकै अग्रणी बैंक रहेको छ र यस नयाँ सेवाबाट ग्राहकहरुले जुनसुकै ठाँउबाट अझ बढी लाभ र सेवाको अधिकतम सन्तुष्टि लिन सक्ने बैंकको विश्वास छ ।