काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ।

संस्थाले जारी वित्तीय प्रतिवेदनअनुसार संस्थाले खुद नाफा झन्डै १६ करोड रुपैयाँ पुर्याउन सफल भएको हो।

दोस्रो त्रैमाससम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड पुर्याउन सफल भएको छ र बचत संकलनतर्फ १ अर्ब ४ करोड पुर्याउन वित्तीय संस्था सफल भएको छ। वित्तीय संस्थाले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ।

यस त्रैमासमा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिसेयर आम्दानी (ईपीएस) २१.५९ रुपैयाँ रहेको छ।

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने (मर्जर) गर्नेसम्बन्धी अन्तिम समझौतापत्रमा गत पुस १० गते हस्ताक्षर गरिसकेको छ। गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोबार सञ्चालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ। 

संस्थाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १२० शाखा सञ्चालनमा छन्। स्वदेशी लघुवित्तको नेपालभरि ८५ शाखा सञ्चालनमा रहेका छन्। मर्जरपश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ।