काठमाण्डौ। एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप प्रयोग गरी अब एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्रल) को सुरुआत गरेको छ।
एनआईसी एशिया बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस बैंकका देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन्। बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्ज्याक्सन पिन वा फिंगरप्रिन्ट राखेर भेरिफाई गरेपश्चात आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन्। ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्ज्याक्सभित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रल आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको छ।
डिजिटल फर्स्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई एनआईसी एशिया मोबैंक प्लाटफर्ममार्फत अघि बढाइरहेको छ। जसअनुसार ग्राहकले यो मोबैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दति निक्षेप खोल्न, बैंकका शाखा तथा एटीएमको स्थान, एनटीसी÷एनसेल टपअप, युटिलिटी बिल भुक्तानी, आईपीओ आवेदन, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ जस्ता थुप्रै सुविधा सहज रुपले लिन छन्।
यसका साथै बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरु डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी मोबाइल बैंकिङ तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ।
बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत २७ लाख ३६ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago