काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही साउन ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुँजीको ४६ प्रतिशत (करसहित)का दरले हुन आउने ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
चालु आर्थिक वर्षका लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19