काठमाण्डौ । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ। 

यसअघिका समाचार-
करिब २९% बोनस सेयर वितरण गर्ने एनआइसीको बोर्डमा सहमति, औपचारिक निर्णय शुक्रबार

- एनआइसी एशियाको बोर्ड बैठक बिहीबार, कति लाभांश घोषणा हुँदैछ ?

अर्को साता एनआइसीले लाभांश घोषणा गर्नसक्ने, बोनसपछि हकप्रदका लागि लविङ !