काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजनासमेत ग्राहकका लागि लागू गरेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३% ब्याज छुट प्रदान गरेपश्चात हुन आउने ब्याज रकममा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जामा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्यको यस संस्थाको खातामा जम्मा हुने बताइएको छ।
संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुट रकम रु. १९ लाख ८३ हजार ५६७.८७ ग्राहकको खातामा जम्मा गरिसकिएको जनाएको छ।
आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसासहित १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले रु. ४७ करोड ५५ लाख राबरको प्रथमिक सर्वसाधारण शेयर निष्काशन (आईपीओ) निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago