– अर्जुन तिमिल्सिना
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी) एकमात्रा पुनर्बीमा कम्पनी हो। यो कम्पनी सन् २०१४ मा ग्राहकमा केन्द्रित रहेर गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको हो। यो कम्पनीले एसियामै प्रोफेसन व्यवसाय गर्ने र लगानीकर्तालाई सन्तोषजनक प्रतिफल दिने उद्देश्य लिएको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ र रिजर्भमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीले ५७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९२ कारोड ५७ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको थियो। गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफामा ३८.१७ प्रतिशतले कमी छ।
यो त्रैमाससम्म कम्पनीको ईपीएस ६.५५ रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा ईपीएस १२.३४ रुपैयाँ थियो। हाल कम्पनीको बुक भ्यालु १६०.५ रुपैयाँ रहेको छ। कम्पनीको रिर्टन अन इक्विटी (आरओई) ४.०८ प्रतिशत रहेको छ। अघिल्लो आरओई ८.०१ प्रतिशत थियो।
प्राविधिक पक्ष
इचिमोकुका आधारमा
यो कम्पनीलाई इचिमोकुका आधारमा हेर्दा करिब एक महिनापहिले नै कन्भर्जन लाइनले बेस लाइनलाई माथिबाट काटेर बियरिस बनेको छ। (हेर्नुहोस् रातो एरो)
त्यसैगरी ल्यागिङ स्पान पोजिसनले पनि क्लाउड पोजिसनभन्दा तल झरेर बियरिस कन्फर्मेसन गरेको छ भने क्लाउड पोजिसन पनि हरियोबाट राता बनेको देखिन्छ। यसले पनि यो कम्पनीको सेयरमा बिक्रीचाप परेको देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फियर एन्ड ग्रिड मिटर
यो कम्पनीको फियर एन्ड ग्रिड मिटर हाल (एक्सट्रिम फियर) अधिक डराएको अवस्थामा रहेको छ। यस्तो मिटर ८० भन्दामाथि रहे लगानीकर्ता अधिक हौसिएको र २० भन्दा तल भए लगानीकर्ता अधिक डराएको तथा यो बीचमा रहे न्युट्रल सेन्टिमेन्टमा रहेको भन्ने बुझिन्छ। यो कम्पनीको फियर एन्ड ग्रिड मिटर हाल २० भन्दा तल रहेका कारण लगानीकर्ता अधिक डराएको अर्थात् स्ट्रङ फियर जोनमा रहेको बुझिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
यो कम्पनीमा मूल्यरेखाहरु तल्लो ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। यसले कम्पनीको सेयरमूल्यमा गिरावट आइरहेको बुझिन्छ। आज पनि रातो मारुबुजु क्यान्डल बनेका कारण केही समय अझै करेक्सनको सम्भावना देखिन्छ।
म्याक्डीमा पनि गत ५ अगस्टमा बनेको बियरिस क्रसओभर अझै भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिम र लामा–लामा बन्दै गएका देखिन्छन्। आरएसआईले ३० को ओभरसोल्ड जोनमा ‘एम’ आकर बन्दै गरेको देखिन्छ। यसले पनि कम्पनीको सेयरमूल्यमा अझै करेक्सन आउन सक्ने देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ६४८
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा यो कम्पनीको पुँजी हाल ११ अर्ब ६५ करोड रुपैयाँ र रिजर्भ साढे ४ अर्ब रुपैयाँ रहेको छ। यस हिसाबले कम्पनी बलियो नै रहेको मान्न सकिन्छ। कम्पनीको नेटवर्थमा पनि सामान्य बढोत्तरी रहेको छ तर कम्पनीको ईपीएस, आरओआई र खुद नाफामा भने गिरावट आएको छ।
प्राविधिक रुपमा हाल यो कम्पनीको सेयरमा बिक्रीचाप परेको देखिन्छ। इचिमोकु, फियर एन्ड ग्रिडजस्ता इन्डिकेटरले यो कम्पनीको सेयरमूल्यमा अझै केही करेक्सन हुन सक्ने देखिन्छ। ५२ सातामा कम्पनीको उच्च मूल्य रु. १५०८ सम्म पुगेको छ भने न्यून मूल्य ६०२ रुपैयाँसम्म आएको छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19