काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडद्वारा संचालित दुवै म्युुचुुअल फण्ड घाटामा गएका छन्। 

पाँचवर्षे बन्दमुखी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ र ७ वर्षे बन्दमुखी एनएमबी हाइब्रीड फण्ड एल १ को कात्तिक मसान्तसम्मको वित्तीय विवरण अनुसार घाटा बढ्दै गएको हो । 

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को असोज मसान्तसम्मको ५१ लाख ७६ हजारमा सीमित घाटा बढेर कात्तिक मसान्तसम्म २ करोड ७९ लाख पुुगेको हो । 

यो स्किमको असोज मसान्तसम्म १४ रुपैयाँ ४७ पैसा रहेको प्रति इकाई खूद मूल्य(न्याभ) घटेर १४ रुपैयाँ १६ पैसा कायम भएको छ ।

यो स्किमले कात्तिक मसान्तसम्म सूचिकृत सेयरमा ४९ करोड ९० लाख, ऋणपत्रहरुमा १ करोड ४० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ४ करोड ५३ लाख र स्थिर आय उपकरणमा १२ करोड ५० लाख लगानी गरेको छ । 

समीक्षा अवधिसम्म यो स्किमले ५९ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । 

उता, ७ वर्षे बन्दमुखी फण्ड एनएमबी हाइब्रिड फण्ड एल १ कात्तिक मसान्तसम्म ३३ लाख ६८ हजार घाटामा गएको छ । असोज मसान्तसम्म यस्तो घाटा ५५ लाख माथि थियो । यो स्किमको घाटा केही घटेको देखिएको हो । 

यो स्किमको प्रति इकाई खूद मूल्य घटेको छ । असोज मसान्तसम्म यस्तो मूल्य १० रुपैयाँ ५५ पैसा रहेकोमा घटेरमा कात्तिक मसान्तसम्म १० रुपैयाँ ४७ पैसा सीमित बन्न पुुगेको हो । 

समीक्षा अवधिसम्म यो स्किमले ३९ कम्पनीको सेयरमा लगानी गरेको छ । यो स्किमले सूचिकृत सेयरमा २७ करोड ७७ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १ करोड ६३ लाख र स्थिर आय उपकरणमा ५४ करोड लगानी गरेको छ ।