काठमाण्डौ । एनएमबी बैंक लिमीटेडका सेयरधनीले ३० प्रतिशत लाभांश पाउने भएका छन् । 

बैंकको बिहीबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित २३ औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्ने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको हो । यो अजेण्डा पारितसँगै सेयरधनीले ३० प्रतिशत लाभांश पाउने निश्चित भएको हो । 

बैंक संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट बोनस सेयर पारितसँगै बैंकको चुक्तापूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुगेको छ । 

हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।