काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । 

दशैंतिहार जस्ता महान उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ । 

एनएमबि बैंकले २०७७, कार्तिक १ देखि एनएमबि दशैं बोनाञ्जा सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक र ईएमआई सुविधाहरू निम्न व्यापारिक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।