काठमाण्डौ । एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । 

भदौ १९ गते सम्पन्न संस्थाको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय संस्थाको आगामी वार्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि सेयरधनीले बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन् । 

यसअघि आर्थिक वर्ष २०७१/७२ को नाफाबाट यो संस्थाले १५ प्रतिशत बोनस सेयर आफ्ना लगानीकर्तालाई वितरण गरेको थियो । 

एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा २ करोड ९८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । 

यो संस्थाको चुक्तापूँजी ७ करोड ४१ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि चुक्तापूँजी बढेर ९ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।