काठमाण्डौ । एनएमबी माइक्रो फाइनान्स  बित्तीय संस्थाले आर्थिक वर्ष ०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

माइक्रो फाइनान्सको साउन २९ गते बसेको संचालक समिति बैठकले २५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि १.३२५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो निर्णय नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने छ । 

गत वर्ष पनि यो माइक्रो फाइनान्सले २५ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । यो कम्पनीले आफ्ना सेयरधनीलाई १२० प्रतिशत हकप्रदको भारी समेत बोकाएको थियो । 

एनएमबी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ४ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि चुक्तापूँजी १४ करोड ८ लाखको उचाईमा पुुग्नेछ ।