काठमाण्डौ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले आफ्ना इकाईधनीहरुलाई २१.०५६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

स्कीम प्रवद्र्धक एनएमबी क्यापिटल लिमीटेडको भदौ ११ गते बसेको बोर्ड बैठकले नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय सम्बद्ध नियामकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो स्किमले इकाइधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यो स्कीम पाँचवर्षे बन्दमुखी म्युुचुुअल फण्ड हो, जसको असार मसान्तसम्मको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) १६.६४ रुपैयाँ कायम भएको छ । यो स्किम ७५ करोडको फण्डबाट सुरु भएको हो । यो स्किमको अन्तिम कारोबार मूल्य प्रति इकाई १४.७२ रुपैयाँ रहेको छ ।