काठमाण्डौ । एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी मंसिर १५ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभाको पोखराको ग्राण्ड होटलमा आह्वान गरिएको हो । 

साधारणसभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

एनएमबी माइक्रोफाइनान्सले साधारणसभा प्रयोजनका लागि कात्तिक २४ देखि मंसिर १५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कात्तिक २३ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले साधारणसभामा सहभागी हुन तथा घोषित बोनस सेयर प्राप्त गर्न सक्नेछन् । 

एनएमबी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ४ करोड ५३ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १४ करोड माथि पुुग्नेछ ।