काठमाण्डौ । एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले सेयरधनीलाई १५ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

यो बित्तीय संस्थाको कात्तिक २९ गते बसेको संचालक समितिको ७७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा तथा जगेडाकोषबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १४ करोड ८ लाख रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले २ करोड ११ लाख बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ११ लाख १२ हजार १ सय ७१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

संचालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १६ करोड २० लाख पुग्नेछ ।