काठमाण्डौ । एनएमबि बैंकले बेलायतको सिडिसि ग्रुपसँग अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिने सम्झौता गरेको छ ।
यो ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव–साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।
सिडिसीले एनएमबी बैंकको स्थलगत भ्रमणमार्फत बैंककोे योजना, क्षमताको समीक्षा लगायतका पक्षको विस्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्वता जनाएको हो ।
एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट जारी बिदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी देशमा फेरि पनि विदेशी लगानी भित्र्याउन सफल भएको छ ।
यस लगानीले विगत लामो समयदेखि देखिदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा हाइड्रोपावर क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
एनएमबि बैंकले सिडिसि ग्रुप सहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ र यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago