काठमाण्डौ । एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणासहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ ।
बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ ।
‘हामी देख्छौं अपार संभावना’को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्नसक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ । ‘यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोतसाधनको उपयोग गर्नमा सहायता गर्नेछ, जसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्नेछ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यो अभियान ‘हामीदेख्छौ अपार संभावना’ को मर्म भविष्यको लागिहाम्रो दूरदृष्टिमा केन्द्रित छ भने यसको व्यवसायिकमुल्यमान्यताको अन्तरंगबाट सृजितभएको छ । एनएमबिसंग प्राप्तअवसरहरुलाई सशक्त बनाउने र जे साधारण देखिन्छ त्यस भन्दा अगाडी देख्ने ऐतिहासिक सामथ्र्य रहदै आएको छ । हामी दृष्टिगोचर भन्दा अगाडि देख्नमा विश्वास राख्दछौं र त्यो नै हाम्रो सफलताका लागि उत्प्रेरक बन्ने गरेको छ । यो अभियानले हामी सबै नेपालीहरुका लागि नेपालमा प्रशस्त अवसरहरु छन् र एनएमबि ती अवसरहरुलाई सफलतामा परिणत गराउनका लागि सहायता गर्न तत्पर छ भनी सम्पूर्ण सरोकारवालाहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago