काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार (असार २७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५ रुपैयाँलाई वृद्धि गरी २ अर्ब ४२ करोड २३ हजार ९७ हजार ८१२.२३ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। 

हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ८ गतेभन्दा अघिल्लो कार्यरत दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।