काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिने बैठकले निर्णय गरेको छ।
सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीले चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २४ गतेसम्म कायम सेयरधनीहरु मात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19