काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो त्रैमासमा कम्पनीले सञ्चालन मुनाफाबापत ५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ८२ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि ४४.३६ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १४ करोड ३० लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ५.०२ प्रतिशतले बढेको छ। 

पहिलो त्रैमासमा कम्पनीले ११ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५०.५२ प्रतिशतले घटेर ५२ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) भनेर घटेर २.१५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३.४० प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८३.१५ प्रतिशत रहेको कम्पनीको आधारदर १२.३९ प्रतिशत छ। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १६.८४ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १९.९३ रुपैयाँ रहेको थियो। पीई रेसियो २७.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ रहेको छ।