NB Insurance Right Share
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने उद्देश्यले सेयरधनीहरुलाई १ बराबर १ अर्थात सत्प्रतिशत हकप्रद दिने घोषणा गरेको छ ।
कात्तिक २६ गते बसेको कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई एकसय प्रतिशत हकप्रद दिने निर्णय गरेको शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनामा जनाइएको छ ।
यो निर्णय नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्छ । कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर १७ गते हुँदैछ ।
यसअघि एनबी इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिएको थियो ।
यो इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/७३ मा ४ करोड ३६ लाख खूद नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । सत्प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ४९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19