काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ३६ करोड ८५ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्षको सोही अवधिमा ५४ करोड ६ लाख कमाएको हो । 

बैंकले ५६ करोड ५९ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढाएर ७२ करोड ६१ लाखको उचाईमा पुर्याएको छ । 

यो अवधिमा बैंकले ४१ अर्ब ३ करोड निक्षेप संकलन गरी ३६ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३५ अर्ब ५० करोड निक्षेप संकलन गरी २९ अर्ब १७ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले निस्क्रिय कर्जा दरलाई पनि घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा १.०८ प्रतिशत रहेको निस्क्रिय कर्जा दर घटाएर ०.९९ प्रतिशतमा झारिएको छ । 

बैंकको प्रतिसेयर आम्दनी २७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८ गुणा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २५ पैसा थियो । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी ४ अर्ब १ करोड र जगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।