काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे श्रावण २० गतेका दिन सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट प्राइमलाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरे ।