काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंकासुरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ  इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।