काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयर सस्तोमै पाउने अवसर आजदेखि खुलेको छ । 

यो बैंकले निश्कासनको क्रममा बिक्री नभएको निकै ठूलो परिमाणमा सेयर लिलाममार्फत बिक्री खुलाएको हो । 

बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता सेयरको लिलामी खुलाएको हो । 

लिलामीबाट सेयर उठाउन इच्छुकले पुस २० गतेसम्म गोप्य शिलबन्दी दर्ता गराउनुपर्नेछ । 

संस्थापक सेयरको हकमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरको हकमा न्यूनतम १ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । दुवै समूहतर्फको सेयरमा न्यूनतम १०० प्रतिकित्ताको दरले बोल लगाउनुपर्नेछ ।

बैंकले अक्सनमार्फत ६५ लाख १६ हजार ७ सय ९५ कित्ता संस्थापक र १३ लाख ९४ हजार १ सय ९८ कित्ता सर्वसाधारण समूहतर्फ बिक्री नभएको सेयर बिक्री गर्न लागेको हो । 

संस्थापक सेयरतर्फ बैंकका संस्थापक सेयरधनीले पहिलो प्राथमिकता पाउने बताइएको छ । 

लिलामीको प्रक्रिया व्यवस्थापनका लागि सनराइज क्यापिट लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक लगानीकर्ताले सनराइज क्यापिटल तथा एनसीसी बैंकको तोकिएका शाखाबाट दरखास्त दिन सकिनेछ ।

हाल एनसीसी बैंकको चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री भइसकेपछि चुक्तापूँजी ७ अर्ब १ करोड पुग्नेछ । यो बैंकले करिब १ अर्बको बोनस सेयर वितरण गर्नेछ ।