काठमाण्डौ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडबीच आरटीजीएस प्रणाली सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको आरटीजिएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फस्र्यौट गर्नसक्ने व्यहोरा उल्लेख गरिएको छ । 

सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक बमबहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए ।