काठमाण्डौ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने र गत आर्थिक वर्षको लाभांश पारित गर्ने मुख्य अजेन्डासहित नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १७ गते शुक्रबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेरयधनीहरुलाई चुक्तापुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार ८२२ रुपैयाँको १५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँबराबरको बोसन सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बोसन सेयर कर प्रयोजनार्थ बैंकले ०.७८ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगको मर्जर वा प्राप्ति प्रक्रियाका लागि आवश्यक सम्पूर्णं गतिविधि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले माघ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन माघ ६ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago