काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते शुक्रबार डोकेको हो। सभा काठमाण्डौको बागबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.८१ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतल ब पुस २० गतेसम्म कायम सेयरधनीहरु बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago