काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिब (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई साउन ३ गते स्वदेश फर्किएका छन्। 

उक्त बैठकमा एपीजीका सदस्य राष्ट्रहरु र पर्यवेक्षक/समीक्षकका रुपमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युएन अफिस अफ ड्रग्स एन्ड क्राइम (युएनओडीसी) लगायतका संस्थाको सहभागिता रहेको थियो।

बैठकमा गभर्नर अधिकारीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय समन्वय समितिका संयोजक उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव एवम् पारस्परिक मूल्यांकन मूल समितिका संयोजक धनराज ज्ञवालीसहित पारस्परिक मूल्यांकनमा प्रत्यक्ष सहभागी भएका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

उक्त बैठकले यस वर्ष सम्पन्न भएका नेपाल, ब्रुनाई र लाओसको पारस्परिक मूल्यांकन प्रतिवेदन पारित ग¥यो। साथै, बैठकले मंगोलिया, थाइल्यान्डलगायतका देशको वार्षिक प्रगति विवरणउपर छलफल गरी ती देशका अनुगमन प्रतिवेदन पारित गर्यो। बैठकमा नेपालको पारस्परिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदनका सम्बन्धमा विस्तृत छलफल हुँदा मूल्यांकनकर्ताले यसअघि मूल्यांकन गरेको रेटिबमा एउटा सुझाव स्तरोन्नति भई उक्त प्रतिवेदनमा उल्लेखित अवस्थामा केही सुधार भएको थियो। 

बैठकमा नेपालको यससम्बन्धी कानुन निर्माण र संशोधनसम्बन्धी विषयले उच्च प्राथमिकता पाएको थियो। प्लेनरी बैठकले पारित गरेको पारस्परिक मूल्यांकन प्रतिवेदनको फलोअप प्रतिवेदन एपीजीमा पेस गर्नुपर्ने हुन्छ भने यस अवसरमा पारित भएका पारस्परिक मूल्यांकन प्रतिवेदन एफएटीएफमार्पmत ग्लोबल नेटवर्कमा सञ्चार भएपश्चात् सुझावमा रहेका बुँदाहरु कार्यान्वयनमा लैजाने एक्सन प्लानसहितको प्रतिबद्धता सरकारले एफएटीएफसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ। यस सिलसिलामा मुलुक प्रत्यक्ष निगरानीमा रहनुअघि एफएटीएफले नेपाललाई अब्जरभेसन अवधि प्रदान गर्नेछ जुन अवधिमा सुझाइएका कार्यहरु कार्यान्वयन हुने अपेक्षा राखिएको हुन्छ। यी सुझावहरु एफएटीएफका मापदण्ड र अन्य मुलुकले पालना गर्दै आएका विषयलाई आधार मानी पारित भएका हुन्छन्।

गभर्नर अधिकारीले बैठककै क्रममा सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. पी. नन्दलाल विरासिब्घेसँग साइडलाइन बैठक गरेका थिए। उक्त बैठकमा नेपाल र श्रीलंकाको वर्तमान आर्थिक स्थिति, दुई केन्द्रीय बैंकबीचको सम्बन्ध र द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल भएको थियो। 

यसका साथै गभर्नर अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलमा सहभागी यूएस ट्रेजरी, यूएस डिपार्टमेन्ट अफ जस्टिस र यूएस डिपार्टमेन्ट अफ स्टेटको टोलीसँग समेत छलफल गरेका थिए। छलफलमा नेपालको पारस्परिक मूल्यांकन प्रतिवेदनले औँल्याएका विषयहरु समेटिएको थियो।

एपीजीको वार्षिक बैठकपश्चात् गभर्नर अधिकारीले अमेरिकाको वासिंटन डीसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालयमा कोषका डेपुटी मेनेजिङ डाइरेक्टर एन्टोनेट सायहसहित साउथ इस्ट एसिया भोटिब ग्रुपका कार्यकारी निर्देशक, मनी एण्ड क्यापिटल मार्केट (एमसिएम) डिपार्टमेन्ट, लीगल डिपार्टमेन्ट र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरशे न (डिएफसी) का विशिष्ट पदाधिकारीहरुसँग सेफगार्ड एसेसमेन्ट, विस्तारित कर्जा सुविधा, पारस्परिक मूल्यांकनलगायत अन्य सान्दर्भिक विषयमा द्विपक्षीय छलफल गरेका थिए। 

एपीजी एफएटीएफ स्टाइल क्षेत्रीय निकाय (एफएसआरबी) हो र यसले एसिया प्यासिफिक क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एफएटीएफ मापदण्डअनुसारको नीति, नियम र सोको कार्यान्वयनका लागि आवश्यक अनुगमन र समन्वय गर्ने गर्दछ। यसले सन् २०२१ देखि नेपालको तेस्रो चरणको पारस्परिक मूल्यांकन गरिरहेको छ। सन् १९९५ मा स्थापित यस संस्थामा हाल एसिया प्यासिफिक क्षेत्रका ४१ वटा राष्ट्रहरु सदस्य रहेका छन्। 

एपीजीको मुख्य सचिवालय अष्ट्रेलियाको सिड्नीमा अवस्थित छ।