काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एभरेष्ट बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ।
बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सोमबार डाकेको हो। सभा काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ। बैंकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनस सेयरमा लागि करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८.०३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
सभाले बोनस सेयर जारी भएपछि चुक्तापुँजी वृद्धि हुने भएकोले चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन पनि गर्नेछ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले यही पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19