everest insurance in loss
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सको नाफा घटेको छ ।
यो इन्स्योेरेन्स कम्पनीको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.४८ प्रतिशतले घटेको हो ।
कम्पनीले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको खूद नाफा १० लाख ५१ हजारमा सीमित बन्न पुुगेको हो । अघिल्लो आबको यही अवधिमा खूद नाफा १५ लाख १२ हजार रुपैयाँ थियो ।
कम्पनीको प्रिमियम तर्फको आम्दानी भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा १ करोड ९० लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर २ करोड ९६ लाख रुपैयाँ पुुगेको हो ।
एभरेष्ट इन्स्योरेन्सको चुक्तापूँजी १० करोड १२ लाख छ । कम्पनीको जगेडा कोष पनि घटेको छ । १४ करोड ४१ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर १२ करोड १३ लाख भएको हो ।
कम्पनीको विमा कोष चाहि ४ करोड ८८ लाखबाट बढेर ९ करोड ९२ लाखको उचाईमा पुुगेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३१८.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१५६.३६ गुुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago