काठमाण्डौ। नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको छ।
स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस ईभीमा दुईवटा ब्याट्री प्याकको विकल्पहरु पाउन सकिन्छ।
कार्यक्रममा गाडीको मूल्य पनि सार्वजनिक गरिएको थियो। जसमा स्ट्यान्डर्ड रेन्ज–५१.९९ लाख रुपैयाँ र लङ रेन्ज–५९.९९ लाख रुपैयाँ तोकिएको छ।
एउटा ५१.५*केडब्ल्यूएच हाई–टेक ब्याट्री भएको, जसको रेन्ज ३१९किमी*छ र अर्को ७२.६ केडब्ल्यूएच ब्याट्री भएको जसको रेन्ज ४४०किमी*छ।यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ।
एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ।
यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन्।
एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ। एमजी जेडएस ईभी २०२२मा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ। यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको दरमा गुड््न सक्छ। एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय ह्विल्स र २.५ को पिएम फिल्टरलगायत अन्य धेरै सुविधा रहेका छन्।
एमजी जेडएस् ईभी २०२२मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन्। यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ। यसका साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago