chicago Business school
काठमाण्डौ । विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट Emolumentले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २० एमबीए होल्डर्सको तलबको विश्लेषण गरी छानिएका युनिभर्सिटीको सूचि बनाएको छ । छानिएकामध्ये १५ वटा कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई निकै आकर्षक तलब र बोनस समेत उपलब्ध गराउँछन् । यस्ता विश्वविद्यालयमा प्रवेश गर्न मात्र सक्ने हो भने पढाईको साथमा रातारात करोडपति भइन्छ । यसरी विद्यार्थीलाई अध्यापनको साथमा उच्च तलब र बोनस दिने कलेजहरु सबैभन्दा बढी अमेरिकामा रहेका छन् । हेरौं १५ कलेज, जसले पढाईको साथमा विद्यार्थीलाई राम्रो तलब र बोनस उपलब्ध गराउँछन :
शिकागो बुथ स्कूल अफ बिजिनेश, शिकागो अमेरिका
तलब : करिब १ करोड ६० लाख रुपैयाँ
बोनस : ७३ लाख रुपैयाँ
कुल कम्पेनसेसन : २ करोड ३३ लाख रुपैयाँ
कोलम्बिया विजिनेश स्कूल, न्यूयोर्क अमेरिका
तलब : करिब १ करोड ६० लाख रुपैयाँ
बोनस : ६४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : २ करोड २४ लाख रुपैयाँ
जज विजिनेश स्कूल, क्याब्रिज, यूके
तलब : करिब १ करोड ६० लाख रुपैयाँ
बोनस : ५५ लाख रुपैयाँ
कुल कम्पेनसेसन : २ करोड १५ लाख रुपैयाँ
हार्वर्ड विजिनेश स्कूल, बोस्टन, अमेरिका
तलब : करिब १ करोड ५० लाख
बोनस : ५० लाख
कुल कम्पेनसेसन : २ करोड रुपैयाँ
वार्टन स्कूल, पेन्सलवेनिया, अमेरिका
तलब : १ करोड ४६ लाख रुपैयाँ
बोनस : ४२ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ८८ लाख रुपैयाँ
स्र्टन स्कूल अफ विजिनेश, न्यूयोर्क अमेरिका
तलब : १ करोड ४९ लाख रुपैयाँ
बोनस : ३८ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ८७ लाख रुपैयाँ
केलग स्कूल अफ मेनेजमेन्ट, अमेरिका
तलब : १ करोड ४९ लाख रुपैयाँ
बोनस : २७ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ७६ लाख रुपैयाँ
जोन्सोन कर्नेल युनभरसिटी,न्यूयोर्क अमेरिका
तलब : १ करोड ३६ लाख रुपैयाँ
बोनस : २७ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ६३ लाख रुपैयाँ
इन्सीड, फोन्टेनब्ल्यू, फ्रान्स
तलब : १ करोड २७ लाख रुपैयाँ
बोनस : २२ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ४९ लाख रुपैयाँ
रोज स्कूल अफ विजिनेश, मिसेगन, अमेरिका
तलब : १ करोड ३२ लाख रुपैयाँ
बोनस : १४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ४६ लाख रुपैयाँ
लण्डन विजिनेश स्कूल, यूके
तलब : १ करोड २१ लाख रुपैयाँ
बोनस : २४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ४५ लाख रुपैयाँ
हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी
तलब : १ करोड १५ लाख रुपैयाँ
बोनस : २२ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड ३७ लाख रुपैयाँ
वारविक विजिनेश स्कूल, वारविक यूके
तलब : १ करोड १५ लाख रुपैयाँ
बोनस : ७ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड २२ लाख रुपैयाँ
म्यान्चेस्टर विजिनेश स्कूल, यूके
तलब : १ करोड ४ लाख रुपैयाँ
बोनस : १४ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड १८ लाख रुपैयाँ
सेड विजिनेश स्कूल, अक्सफोर्ड, यूके
तलब : १ करोड ६ लाख रुपैयाँ
बोनस : ११ लाख रुपैयाँ
कुल कम्पेनसेसन : १ करोड १७ लाख रुपैयाँ
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago